काठमाडौं । नेपाली फिल्म जगतका सुपरस्टार भुवन केसीलाई नचिन्ने सायद कमै होलान् । आफ्नो कुशल र दह्रो अभिनय प्रतिभा, मिलनसार व्यक्तित्व, र बेला बेला आउने आरोपहरुका कारण उनी सधैँ चर्चामा रहिरहन्छन् । यस्तैमा लकडाउनका कारण उनी अहिले घरभित्र बस्न बाध्य भएका छन् र यस्तैमा उनले नयाँ गेटअप लुक्स धारण गरेका छन् । उनले दाह्री पालेका छन् ।

नेपाली फिल्मका सुपरस्टार अभिनेता भुवन केसीले दोस्रो चरणको कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि जारी गरिएको निषेधाज्ञाको क्रममा उनले झमक्क दाह्री पालेका हुन् । उनले यो प्रयोग जीवनमै पहिलो पटक गरेका हुन् ।

अभिनेता केसीले अहिले लकडाउन खुल्ने अवस्था भएको भए करिव दुई महिनासम्म नै दाह्री पालेर हल्का मिलाउँदै उक्त गेटअपलाई फिल्ममै उतार्ने समेत सोचेका थिए । ‘तर निषेधाज्ञा कहिलेसम्म हो भन्ने थाहा छैन, घर बस्दा–बस्दा बोर भैसकियो, अभिनेता केसी भविष्यमा फिल्मकै लागि पुनस् एक पटक दाह्री पाल्ने कुरामा भने आश्वस्त देखिए । भुवनलाई उनकै सुपरस्टार छोरा अनमोल केसीले समेत दाह्री पाल्दा सुहाएको प्रतिक्रिया दिएका रहेछन् ।

‘फिल्ममा दाह्री पालेको गेटअपमा प्रस्तुत हुँदा फरक नपर्ने रहेछ, भुवनले अनमोलको भनाइ उदृत गरे । यसैबीच अभिनेता केसीले फेसबुकमा आफ्नो दाह्री पालेका केही तस्बिरहरु पोस्ट गरे, क्याप्सन भने केही पनि लेखेनन् । ती तस्बिरहरुले हजारौं रियाक्सन तथा सयौं प्रतिक्रिया पाएका छन् ।
प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०५:०१