थप १४७४ जनामा कोरोना भाइरस संक्रमण

थप १४७४ जनामा कोरोना भाइरस संक्रमण

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १५ गते सोमबार १०:५८

१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको...

१५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १५ गते सोमबार १०:५८
प्रतिक्रिया दिनुहोस