पोखरा, १४ मंसिर । नेपालमा आइतबार थप १२ सय ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।
यसैगरी बिहीबार थप १४ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख १२ हजार ५९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ७९ पुगेको छ ।
प्रकाशित मिति २०७७ मङ्सिर १४ गते आईतबार १०:४५