रेखाको यो ६६ वर्षिय सुन्दरता !

रेखाको यो ६६ वर्षिय सुन्दरता  !

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १९ गते बुधबार ०३:०४

बलिउडको सदाबहार नायिका रेखा ६६ वर्षको उमेरमा पनि आफ्नो सुन्दरताको कारणले चर्चामा छिन् । फिटनेसको कुरा गर्ने हो भने धेरै अभिनेत्रीहरूले उनलाई आफ्नो आइडल मान्ने गरेका छन् । पुरानी अभिनेत्री रेखा बलिउडका दर्जनौँ अभिनेत्रीहरूकी...

बलिउडको सदाबहार नायिका रेखा ६६ वर्षको उमेरमा पनि आफ्नो सुन्दरताको कारणले चर्चामा छिन् । फिटनेसको कुरा गर्ने हो भने धेरै अभिनेत्रीहरूले उनलाई आफ्नो आइडल मान्ने गरेका छन् । पुरानी अभिनेत्री रेखा बलिउडका दर्जनौँ अभिनेत्रीहरूकी स्टाइल आइडल हुन् । उ बेला रेखा आजको मितिसम्म पनि उत्तिकै स्टाइलिस मानिन्छिन् ।


फिल्मको सु’टिङ स्पट’देखि पार्टीसम्म रेखाले आफ्नो पृथक् फेसन शैली अपनाउने गर्छिन् । प्राय साडीमा सजिन रुचाउने रेखा आफूले लगाउने पहिरनहरूको छनोट आफैँ गर्छिन् । यसबाहेक उनको मेकअप गर्ने शैली पनि पृथक् नै छ । पहिरन र मेकअपसङ मिल्दोजुल्दो गरगहना लगाउनु रेखाको ठुलै खुबी मानिन्छ ।

भारतीय मिडियामा दिएको अन्तर्वार्तामा उनले आफ्नो शरीर र स्वास्थ्य र फिटनेसको बारेमा खुलेर कुरा गर्ने गरेकी छिन् । आफ्नो अनुहारलाई चमक दिन उनी घरमा बनाएको शुद्ध खानेकुरा मात्र खाने गरेको बताएकी छिन् । उनको खानामा हरियो तरकारी, ब्रोकाउली, एवोकाडो, दाल र रोटी खाने गर्छिन् । त्यो खाना सँगसँगै दही उनको प्राथमिकतामा पर्छ । यसको साथसाथै १० देखि १२ गिलास पानी पनि पिउने गरेकी छिन् ।


उनी बेलुकाको ७ बजे भित्रमा रातीको खाना खाइसकेको हुन्छिन् । सूर्य उदाउनु भन्दा अगाडी उठ्ने उनी घरेलु सामाग्रीहरूको प्रयोग गरेर अनुहारमा फेस प्याक लगाउँछिन् । अनुहार र जिउँ डालको साथसाथै उनको कपालको पनि चर्चा बलिउडमा हुने गरेको छ । उनी कपालमा तोरी, बदाम र अमलाको तेल लगाउन रुचाउँछिन् ।

प्रकाशित मिति २०७८ जेठ १९ गते बुधबार ०३:०४
प्रतिक्रिया दिनुहोस