क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १३ गते शनिवार ०३:०६

१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । https://twitter.com/sandeep25/status/1332418218460266497?s=21 लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने...

१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०३:०६
प्रतिक्रिया दिनुहोस