ज्योतिषीहरू भन्छन् : सन्दीपको मुद्दा उल्टिन्छ, सफाइ पाउँछन्

ज्योतिषीहरू भन्छन् : सन्दीपको मुद्दा उल्टिन्छ, सफाइ पाउँछन्

सञ्चार बाणी

@SancharBani

२०८० पुस २६ गते बिहिबार ०२:४०

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । न्यायाधीश...

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजायको फैसला गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।

न्यायाधीश ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

ज्योतिषीहरूले भने भएका सन्दीपको मुद्दा उल्टिने र उनले क्लिन चिट पाउने दाबी गरेका छन् । सन्दीपको ग्रहगोचरमा सुधार आएकाले उनले सफाइ पाउने उनीहरूको दाबी छ ।

ज्योतिषी डा. सुनील शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बलात्कार आरोपमा दोषी ठहर सन्दीप
लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिए पनि ग्रह गोचर नोवेम्बरदेखि सुधार भएको छ, पछि क्लियर चिट पाउछन् !!!

त्यस्तै, अर्का ज्योतिषी सुरेशचन्द्र रिजालले पनि यस्तै दाबी गरेका छन् । खण्डित वक्रदृष्टी ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको रिजालको दाबी छ ।

उनले लेखेका छन्, ‘वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय ! छिट्टै फैसला उल्टने संकेत । जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको समय नै खण्डित वक्रदृष्टि ग्रहयोगमा परेकाले जिल्ला अदालतको फैसला छिट्टै उल्टने ग्रहयोग परेको छ।’

ज्योतिषी रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।

प्रकाशित मिति २०८० पुस २६ गते बिहिबार ०२:४०
प्रतिक्रिया दिनुहोस