बिहीबार देशभर १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

बिहीबार देशभर १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ११ गते बिहिबार ११:०१

पोखरा, ११ मंसिर । नेपालमा बिहीबार थप १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको...

पोखरा, ११ मंसिर । नेपालमा बिहीबार थप १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

यसैगरी बिहीबार थप १४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय १२ पुगेको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ११ गते बिहिबार ११:०१
प्रतिक्रिया दिनुहोस