पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त, ९६ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा ९८४१ जना संक्रमणमुक्त, ९६ जनाको मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १४ गते शुक्रबार १०:२८

१४ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा...

१४ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृ’त्यु भएको छ र ६,९५१ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको छ ।

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार १०:२८
प्रतिक्रिया दिनुहोस