नेपाली चर्चित नायिका हुन् अदिति बुढाथो । उनी चलचित्र ‘कृ’बाट चर्चामा आएकी नायिका सन् १९९२ जुन २८ मा झापाको दमकमा अदितिको जन्म भएको हो।

नायिका अदितिलाई मनपर्ने बलिउड नायक भने रितिक रोशन र अक्षय कुमार रहेकाे उनले खुलसा गरेकि हुन्। हालै उनि मुम्बईमा बस्दै आएकी छिन्। अदिति करिअरको लागि मुम्बइमा निकै संघर्ष गरिरहेकी छिन्। केहि समय अघि अदितिलाई एक हिन्दी अनलाइनले नेपालकी सन्नी लियोन भन्दा उनको निकै चर्चा भएको थियो।

अदितिले सन २०१७ मा पञ्जाबी भिडियो ‘स्टेप कट’मा पनि मोडेलिङ गरेकी थिइन। अदितिले सानै उमेर देखि नै मोडेलिङ यात्रा सुरु गरेकी हुन्। अदितिले ब्याचलर अफ इनफरमेसन टेक्नोलाजि बाट ब्याचलर गरेकी हुन्।

उनको जन्म झापाको दमकमा भए पनि हाल उनी काठमान्डौको सिनामंगलमा बस्दै आएकी छिन्। उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरमा दर्शकहरुले निकै राम्राे प्रतिकृयाहरु दिने गरेका छन् ।

याे पनि पढ्नुहाेस्ः
कोरोना सङ्क्रमितलाई सम्मान, प्रोत्साहनसहित निःशुल्क भोजन
नेपाली समाजमा केवल सांस्कृतिक, धार्मिक, सामाजिक, भौगोलिक र आर्थिक मात्रै होइन, आत्मिक विविधता पनि हुँदोरहेछ भन्ने प्रशस्त उदाहरण अहिले देखिन थालेका छन् । नयाँ भेरिएन्टसहितको कोभिड–१९ को महामारीले हाम्रो देश थलिएको छ । देशका सबै अङ्गहरू शिथिल र निस्क्रिय रहेको अवस्थामा म्याग्दीका ग्रामीण भेगमा उच्च मानवीय भावनाका रहरलाग्दा सङ्केत देखिएका छन् ।
अन्त्यन्त उदाहरणीय काम पनि भएका छन् । ती काममध्येको एउटा हो– कोरोना सङ्क्रमित भएर मानसिक र शारीरिकरूपमा कमजोर भएका व्यक्तिलाई सम्मान र प्रोत्साहनसहित दैनिक पोषिलो निःशुल्क भोजनको व्यवस्था । मानिस रोगले मात्रै होइन, मनोवैज्ञानिकरूपमा समेत कमजोर बन्दै गइरहेका छन् ।
कोरोना सङ्क्रमणको लहर आउनुभन्दा अघि गाउँमा कोही बिरामी भएको थाहा हुनेबित्तिकै फलफूल र पोषिला खानेकुरा लिएर भेट्न जाने, बिरामीसँग कुरा गर्ने, हौसला बढाउने, सँगसँगै बसेर सुख दुःखका कुरा गर्ने नेपालीको विशिष्ट चलन अहिले कोरोना सङ्क्रमणको डरले गायब भएको छ ।
मानिस बिरामीलाई भेट्न, नजिक बस्न, कुरा गर्न त परको कुरा कोरोना सङ्क्रमित व्यक्ति भएको घरको बाटो भएरसमेत हिँड्न छाडेका अवस्थामा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामीलाई स्थानीयवासीले प्रोत्साहित मात्र गरेका छैनन्, स–सम्मान निःशुल्क पौष्टिक भोजनको समेत व्यवस्था गरेका हुन् ।
प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०८:१६