पोखरा, १० मंसिर । नेपालमा बुधबार थप ३१ सय ४० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३१ सय ४० जना कोरोनाबाट मुक्त भएको जनाएको हो ।
यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ ।
बुधबार थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ सय ८९ पुगेको छ । बुधबार थप २८ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको हो ।
प्रकाशित मिति २०७७ मङ्सिर १० गते बुधबार १०:४७