सानै उमेर निकै चर्चा कमाएकि माेडल हुन् तेरिया मगर । भारतिय टेलिभिजन डान्स इन्डिया डान्स बाट चर्चामा आएकी तेरिया फौजा मगरले कुर्था सुरवाल लगाएका केही तस्विरहरुले सामाजिक संजालमा तहल्का मच्चाइरहने गर्छ ।

हालै सम्म उनकाे सामाजिक संजाल इन्स्टाग्राममा २ लाख ४७ हजार भन्दा बढी फ्यानहरु रहेका छन् । रुपन्देहीमा जन्मेकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसिन् । केही समय पहिले उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने खबर सामाजिक संजालमा छरिएकाे थियाे तर पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् ।

इन्स्टामा उनले विभिन्न तस्वीर तथा भिडियो शेयर गर्ने गरेकी छिन् । तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०७:४९