दाेष कटाउन कुकुरसँग गराइन्छ बालबालिकाको विवाह !

दाेष कटाउन कुकुरसँग गराइन्छ बालबालिकाको विवाह !

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ७ गते शुक्रबार १०:००

एजेन्सी- मानिसहरुले विभिन्न प्रथा तथा प्रचलन चलाएको पाइन्छ । कुनै पनि बालबालिकाको विवाह कुकुरसँग गराइन्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अझै यस्तो प्रचलन रहेको पाइएको छ । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य...

एजेन्सी- मानिसहरुले विभिन्न प्रथा तथा प्रचलन चलाएको पाइन्छ । कुनै पनि बालबालिकाको विवाह कुकुरसँग गराइन्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर अझै यस्तो प्रचलन रहेको पाइएको छ । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा एउटा अन्धविश्वासको परम्परा अझैसम्म पनि कायम छ ।

गाउँमा यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यसलाई ठूलो अलक्षिन मान्ने गरिन्छ । यसको दोष निवारणका लागि बाल्यकालमै कुकुरसँग विवाह गराइदिने प्रचलन रहेको छ । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाधिदिने यो अन्धविश्वास आजसम्म पनि त्यहाँका मानिसहरुले पालना गर्दै आएका छन् ।

आफ्ना छोराछोरीलाई कुकुरसँग विवाह गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताउँने गरेका छन्।सानैमा कुकुरसँग विवाह गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई ग्रहदशाले पछ्याउन नसक्ने त्यहाँका मानिसहरुको विश्वास छ ।उक्त आदिवासी समाजमा अलक्षिन हटाउने नाममा यो कुप्रथा चलेको हजारौँ वर्ष भइसकेको छ । अहिले पनि ति आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

प्रकाशित मिति २०७८ जेठ ७ गते शुक्रबार १०:००
प्रतिक्रिया दिनुहोस