आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो ।
त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।
यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।
याे पनी
मुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ । यदि कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भए बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले भनेको छ ।
कोभिडको दोस्रो लहर बढेसँगै समस्त ग्राहक वर्गहरुमा बैंकिङ्ग कारोवार घरैबाट गर्न संघले आग्रह गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी हरु लगायतका कार्यहरु गर्न सकिनेछ । सामान खरिद गर्दा समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघले आग्रह गरेको छ ।
प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०५:३०