सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड

सञ्चार बाणी

@SancharBani

२०८१ चैत २७ गते बिहिबार ०५:०७

२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो...

२८ चैत, काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढ्यो । अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।

सुनसँगै ठूला सेयर बजारमा समेत वृद्धि देखिएको छ ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहिबार ०५:०७
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२

    आज बिहीबार सुनको मूल्य हालसम्मकै उच्च !

    आज बिहीबार सुनको मूल्य हालसम्मकै उच्च !
    २०८१ जेठ २४ गते बिहिबार ०६:३०