पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ को मृत्यु १ घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १ को मृत्यु १ घाइते

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ८ गते सोमबार १०:५२

पोखरा। पोखरा–१८ सराङकोट स्थित क्याम्प चोकमा सोमबार दिउसो प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएको प्रहरीले जनाएको छ। फिष्टेल कम्पनीको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना...

पोखरा। पोखरा–१८ सराङकोट स्थित क्याम्प चोकमा सोमबार दिउसो प्याराग्लाईडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएको प्रहरीले जनाएको छ।

फिष्टेल कम्पनीको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा पोखरा-२८ कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवम् डिएसपी यादव ढकालले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका गैरेलाई उपचारको लागि मेट्रो सिटी हस्पिटल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी ढकालले बताउनुभयो ।

दुर्घटनामा प्याराग्लाईडिङमा सवार काठमाण्डौ बुढानिलकण्ठ २ वासिकुकी २८ वर्षीया शिला श्रेष्ठ घाइते हुनुभएको छ । उहाँलाई दाहिने हात र टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरी मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी ढकालले जानकारी दिनुभयो ।

दुर्घटना अवतरण गर्ने स्थान भन्दा करिव १ किमी माथि डाँडामा भएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ८ गते सोमबार १०:५२
प्रतिक्रिया दिनुहोस