पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२५ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२५ जनाको मृ’त्यु

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २८ गते मङ्गलबार १२:३४

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको श'व व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ'त्यु हुनेको संख्या...

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको श’व व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार १२:३४
प्रतिक्रिया दिनुहोस