पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८८५० जनामा संक्रमण पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २६ गते आईतबार ११:१८

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन्...

पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ बैशाख २६ गते आईतबार ११:१८
प्रतिक्रिया दिनुहोस