१९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

१९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २५ गते शनिवार १०:२३

प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् । प्रतिनिधिसभाको बैठक वैशाख...

प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् ।

प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

‘१२३४ जनाको रिपोर्ट प्राप्त भएको छ, जसमध्ये १६० जना (११.९७ प्रतिशत) कोरोना पोजेटिभ आएको छ’, उनले भने, ‘१९ जना (राष्ट्रिय सभा १ जना समेत) माननीयहरु र १४१ जना संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारका कर्मचारी रहेका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ मा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छिन् ।

प्रकाशित मिति २०७८ बैशाख २५ गते शनिवार १०:२३
प्रतिक्रिया दिनुहोस