आमा, सत्य र शक्ति (एक कविता)

आमा, सत्य र शक्ति (एक कविता)

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २१ गते मङ्गलबार १०:१५

औसींको त्यो निस्पट्ट कालो रातमा सम्पूर्ण भु-मण्डल निन्द्रादेवीको काखमा लुटपुटिएको बेलामा पनी म आफ्नो सुन्दर भविष्यलाई स्पष्ट देख्न र पढ्न सक्छु अव त्यो औसि,औसी रहेन किनकि म संग मेरी आमा छिन् मेरो साथमा आमाको कान्तिमय उज्ज्यालो...

औसींको त्यो
निस्पट्ट कालो रातमा
सम्पूर्ण भु-मण्डल निन्द्रादेवीको
काखमा लुटपुटिएको बेलामा पनी
म आफ्नो सुन्दर भविष्यलाई
स्पष्ट देख्न र पढ्न सक्छु
अव त्यो औसि,औसी रहेन
किनकि
म संग मेरी आमा छिन्
मेरो साथमा आमाको
कान्तिमय उज्ज्यालो छ,र प्रकाश छ

बहादुरपूर्वक, कुशलतापूर्वक र न्यायोचितढङ्गले
सत्यको पक्षमा वकालत गर्दागर्दै
पनि दुनियाँले सयौं,हजारौं
कोर्राहरु म माथि बर्साईरहुन
तर पनी त्यो जिन्दगिको अन्तिम पलमा
मलाई एक फेर हेर्नु तिमी देखने छौं

म कति पीडारहित मुस्कुराईरहेको हुनेछु।
किनकि म सँग आमाले दिएको अपार ममता छ ।
अपार स्नेह छ।

जसले अनन्त कालखण्ड सम्म पनि
दर्द र पीडासङ्ग जुध्ने क्षमता दिएकी छिन्
त्यसैलै लाग्दैछ आजकल…
यि जीवनका तिन शब्दहरु
आमा,
सत्य र
शक्ति
एकाकार हुदैछन् ।

(सुमन के.सी) जलजला,४ पर्वत
हाल: नयाँबजार,९ पोखरा
उहाँ ‘श्री’कृती लेखक हुनुहुन्छ

प्रकाशित मिति २०७८ बैशाख २१ गते मङ्गलबार १०:१५
प्रतिक्रिया दिनुहोस