२०८२ असार ५,पोखरा साहित्य सम्राट देशभक्त सिंह कुँवर द्वारा लिखित फरक शैलीमा लेखिएको कविता संग्रह “बौलाहा” कृतिको शनिबार पोखरामा एक समारोहका बिच लोकार्पण भएको छ ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रा डा यमबहादुर पौडेल क्षेत्री गरेका थिए । अन्य मन्तव्यमा अग्रज शिक्षाविद् क्षेत्र बहादुर कुँवर,प्रा डा कृष्ण बहादुर के.सि,समाजसेवी बिश्वमोहन गौचन,कार्यक्रमका मुख्य आकर्षक ब्यक्तित्व एवम् बौलाहा कृतीका लेखक साहित्य सम्राट देशभक्त सिंह कुँवरले समाजमा राम्रो कर्म गर्न खोज्ने अरु भन्दा भिन्न हुन खोज्ने समाजको परिवर्तनमा लाग्ने मान्छेलाई असामाजिक मान्छेहरुले नरूचाउने र बौलाहाको संज्ञा दिने भन्दै आफ्नो बिचार राखेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका संस्थापक कुलपति सुर्य खड्का बिखर्चीले साहित्य सम्राट देशभक्त सिंह ले रचेका कविताहरु पछिसम्म पनि अमर रहने बताएका थिए आयोजकको तर्फबाट कार्यक्रमको समापन साहित्य सम्राट देशभक्त सिंह कुँवर सृजनशील समाजका अध्यक्ष कृष्ण बहादुर क्षेत्री ले गरेका थिए भने कार्यक्रमको संचालन तिर्सना लक्ष्मी गुरुङ र देबेन्द्र शाही ठकुरी दिपेन्द्रले गरेका थिए ।

उक्त कार्यक्रममा बिद्या भण्डारी गौरी,सुर्य खड्का बिखर्ची,साहित्य सम्राट देशभक्तलाई सम्मान गरिएको थियो भने क्षेत्र बहादुर कुँवर रामदेवि कुँवर ,सपना कुँवर,दिपेन्द्र शाही,बिष्णुमाया कुमाल,दिपक सारु मगर,प्रशान्त आचार्य , जिवन सापकोटा , बिश्वमोहन गौचन , प्रा डा कृष्ण बहादुर के सि , दृष्टिन सिँह कुँवर,प्रा डा यमबहादुर पौडेल क्षेत्रि लगायत सत्कारपत्र,कदरपत्र र प्रशंसा पत्र अन्यलाई मायाको चिनो प्रदान गरिएको थियो ।
थप तस्विरहरु


प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०२:२५