पछिल्लो २४ घण्टामा २१०३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २१०३ जनामा संक्रमण पुष्टि

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ४ गते बिहिबार ११:१९

४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार...

४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर ४ गते बिहिबार ११:१९
प्रतिक्रिया दिनुहोस