दुबईबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

दुबईबाट राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना विमानस्थलमा पक्राउ

सञ्चार बाणी

@SancharBani

२०७७ चैत २५ गते बुधबार ०६:०५

राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले...

राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।

उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। ‘उनले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,’ उनले भने,’कुकरको भित्र सुन राखिएको रहेछ।’

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति २०७७ चैत २५ गते बुधबार ०६:०५
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२