नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज

नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १५ गते आईतबार १२:०५

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा...

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म नेपालमा २ लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०७७ चैत १५ गते आईतबार १२:०५
प्रतिक्रिया दिनुहोस