२७४५ मा पिसिआर गर्दा ८५ लाई कोरोना

२७४५ मा पिसिआर गर्दा ८५ लाई कोरोना

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १४ गते शनिवार १०:२१

नेपालमा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको...

नेपालमा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २७४५ मा पिसिआर गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ। पछिल्लो २४ घन्टामा ९३ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ।

कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत पुगेको छ।

प्रकाशित मिति २०७७ चैत १४ गते शनिवार १०:२१
प्रतिक्रिया दिनुहोस