पोखरा / बलिउड नायिका सोनाक्षी सिन्हाले डिजिटल डेब्यू गर्ने भएकी छन् । कोरोना महामारीले सुस्ताएको फिल्म क्षेत्रलाई डिजिटल प्लेटफर्म (ओटिटी) ले थामेको थियो ।
दर्शकलाई मनोरञ्जन दिन सफल मानिने अमेजन प्राइम भिडियोमा थुप्रै हिट फिल्महरू आए । यसैबीच नायिका सोनाक्षीले पनि भारतको चर्चित ओटिटी अमेजन प्राइममार्फत डिजिटल डेब्यु गर्दै छिन् ।
उनले सामाजिक सञ्जालमा प्रहरीको वर्दी लगाएको एक तस्बिर जारी गर्दै सो जानकारी दिएकी हुन् । रीमा काग्ती र रुचिका ओभरियाको निर्देशनमा बन्न लागेको सिरिजमा सोनाक्षी प्रहरीको भूमिका निर्भाह गर्ने बुझ्न सकिन्छ ।
रितेस सिद्वानी, फर्हान अख्तर, रीमा काग्ती र जोया अख्तरको निर्माण रहने यो सिरिजको शीर्षक भने सार्वजनिक गरिएको छैन ।
प्रकाशित मिति २०७७ फाल्गुण २३ गते आईतबार ०३:३३