लिटल फ्लावर आर्ट क्लवले संयोजन गरेको अभिभावक चित्रकला प्रतियोगितामा लक्ष्मण तमाङ प्रथम

लिटल फ्लावर आर्ट क्लवले संयोजन गरेको अभिभावक चित्रकला प्रतियोगितामा लक्ष्मण तमाङ प्रथम

सञ्चार बाणी

@SancharBani

२०८० माघ १९ गते शुक्रबार ०४:४९

Parents Art Competition मा दुई दर्जन भन्दा बढी अभिभावक सहभागी हुनु भएको थियो । पानी रंगले डाईरेकट ब्रसले क्यानभाषमा चित्र बनाउने भएकोले पेन्सिल उपल्ब्ध गराईएको थिएन । अहिलेको युग ललितकला डायमण्ड युग बनाउन लागि परेका विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानको अभियन्ता प्राज्ञ नगेन सिंह ठकुरीले अभिभावकलाई चित्रकला प्रतियोगिता गराउदा कला संग साक्षात्कार हुने भएकाले ललितकलाको महत्व बुझ्न सक्ने क्षमता बढने बताउनु भयो

प्राय जसो अभिभावक दिवसमा विविध साँस्कृतिक कार्यक्रमहरु, पुरस्कार वितरण, सम्मान प्रदान, मन्तव्य र विद्यार्थीका चित्रकला प्रदर्शनीको अवलोकन गर्न मन भएका अभिभावक विद्यालय प्राङ्गणमा स्वागत गर्न बसेका विद्यार्थीले चित्रकला प्रतियोगितामा भाग लिएर पुरस्कार जिल्नुस भन्दा अचम्मै परे ।

लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औं अभिभावक दिवस तथा वार्षिकोत्सव पुरस्कार वितरण समारोहकाेमा लिटल फ्लावर आर्ट क्लवले संयोजन गरेको अभिभावक चित्रकला प्रतियोगिताको उद्घाटन क्यानभाषमा चित्र बनाएर गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले गर्नु भएको थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पनि क्यानभाषमा चित्र कोर्नु भएको थियो ।

Parents Art Competition मा दुई दर्जन भन्दा बढी अभिभावक सहभागी हुनु भएको थियो । पानी रंगले डाईरेकट ब्रसले क्यानभाषमा चित्र बनाउने भएकोले पेन्सिल उपल्ब्ध गराईएको थिएन । अहिलेको युग ललितकला डायमण्ड युग बनाउन लागि परेका विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानको अभियन्ता प्राज्ञ नगेन सिंह ठकुरीले अभिभावकलाई चित्रकला प्रतियोगिता गराउदा कला संग साक्षात्कार हुने भएकाले ललितकलाको महत्व बुझ्न सक्ने क्षमता बढने बताउनु भयो

उक्त प्रतियोगितामा प्रथम समिक्षा कुमालको अभिभावक लक्ष्मण तमाङ् प्रथम हुन भएको थियो ! उक्त कार्यक्रममा नेशनल प्याव्सन चित्रकला प्रतियोगिता प्रथम हुने लिटल फ्लावर आर्ट क्लवकी अध्यक्ष रोजी गुरुङ र कलाकार प्राज्ञ नगेन सिंह ठकुरीलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा,पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रिय सल्लाहकार ज्ञानेन्द्रमाेहन भट्टराई, उच्च शिक्षालय हिसान कास्कीका अध्यक्ष यम रोक्का,प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल,एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी,युनिप्स नेपाल कास्कीका अध्यक्ष शान्त बहादुर गुरुङ,राइजिङ स्टार युवा कल्बका अध्यक्ष विस्णु गुरुङ ,लक्ष्मी मावि का प्रअ जगन्नाथ अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय संचालक समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा पूर्व प्रिन्सिपल विष्णुहरि पौडेल,शिक्षक लक्ष्मी घिमिरे,लक्ष्मी गुरुङ,टिका केसी र मीना परियार,नृत्य प्रशिक्षक मिलन तामाङ,खेल प्रशिक्षक शंकर प्रसाद शाह,सम्भु केसी र चित्रकलाका प्रशिक्षक प्राज्ञ नगेन सिंह ठकुरी, कर्मचारी कविता गुरुङ ,प्रसाद गुरुङ ,पूर्व शिक्षक गाेपाल शाही लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।विविध सास्कृतिक कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ११ की विद्यार्थी बर्षा तामाङ र नाै कि आसिका तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङले धन्यवाद ज्ञापन राखेका थिए । बिद्यालयमा हाल सात सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।कार्यक्रमको सञ्चालन कक्षा ११, १२ का संयोजक बिष्णुहरि पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने गरेका थिए ।

प्रकाशित मिति २०८० माघ १९ गते शुक्रबार ०४:४९
प्रतिक्रिया दिनुहोस