फेसबुक, इन्ष्टाग्राममा बच्चाका न्यूड फोटो पठाउन रोक लाग्ने

फेसबुक, इन्ष्टाग्राममा बच्चाका न्यूड फोटो पठाउन रोक लाग्ने

सञ्चार बाणी

@SancharBani

२०८० माघ १४ गते आईतबार ०५:३७

काठमाडौँ । सामाजिक सञ्जालहरूमा बालबालिकाहरूको न्यूड तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाइने भएको छ । सामाजिक कम्पनी फेसबुकको मातृ कम्पनी मेटाले छिटै फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएपमा छिटै सेफ्टी दूट ल्याउँदै छ । यो टूलले बालबालिकाहरूको...

काठमाडौँ । सामाजिक सञ्जालहरूमा बालबालिकाहरूको न्यूड तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाइने भएको छ । सामाजिक कम्पनी फेसबुकको मातृ कम्पनी मेटाले छिटै फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएपमा छिटै सेफ्टी दूट ल्याउँदै छ ।

यो टूलले बालबालिकाहरूको नग्न तस्बिर पठाउन रोक लगाउनेछ । इन्क्रिप्टेड च्याटमा समेत यस्तो कार्य प्रतिबन्धित हुनेछ । यो टूल वैकल्पिक हुन सक्ने बताइएको छ । यो टूल इन्ष्टाग्राम र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुन सक्ने बताइएको छ । मेटाले इन्क्रिप्टेड म्यासेञ्जरलाई डिफल्टमा राखिदिएको छ । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो ।

इन्क्रिप्शनकै कारण कम्पनीले बालबालिकाहरु दूर्व्यवहारमा परेको घटनाहरू पत्ता लगाउन नसकेको मेटाको भनाई थियो । मेटाका अनुसार कम्पनीको यो फिचर महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई यौन दूर्व्यवहारबाट बचाउनका लागि ल्याइएको हो ।

प्रकाशित मिति २०८० माघ १४ गते आईतबार ०५:३७
प्रतिक्रिया दिनुहोस