काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य पछिल्लो २४ घण्टाको अवधिमा भने वृद्धि भएको हो ।
यो अवधिमा सुनको मूल्य ०.३३ अर्थात प्रतिऔंस ६.६२ प्रतिशतले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २०२२.९५ डलर पुगको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदीके मूल्य १.०५ प्रतिशत अर्थात प्रतिऔंस ०.२४ डलरले बढेको छ । यससँगै चाँदीके मूल्य प्रतिऔंस २२.९१ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।
प्रकाशित मिति २०८० माघ १२ गते शुक्रबार ०३:०८