पोखरा । बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि पूर्व प्रधानमन्त्री शेर वहादुर देउवा पनि बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा सहभागी भएका छन ।
“शान्ति, पर्यटन र कला प्रवर्द्धन“ नाराका साथ नेपालको ७७ वटै जिल्लाको कम्तीमा ५ वटा हेर्न, सुन्न र घुम्न लायक ठाउँहरूको चित्रकलाहरु सिर्जना गरीएको कलाकृतिहरूको संगालो “नेपाल कला यात्रा“ पुस्तक संसारका १९५ देशको भाषामा प्रकाशन गरी बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा सहभागी हुनको लागि आर्शिबाद स्वरूप रु.१००/ योगदान गरी सहभागी हुनको लागि नगेन आर्ट एकेडेमी, न्यूरोड पोखरामा कार्यालय नै स्थापना गरिएको छ ।
हामी सुन्दरता, आकर्षण र साहसिक कार्यले भरिएको अद्भुत संसारमा छौँ , अझ हामी नेपाल देशमा छौँ ।
यदि हामीले आँखा खोलेर खोज्यौं भने हामी भित्रको सुन्दरता भेट्न सक्छौ र भेट्न सक्नु जिवनको एउटा उपलब्धि हो । भेट्टाउका लागि तपाईं हामीलाई यात्राहरुले सहयोग गर्नेछन् ।यस्तै प्रकारले ७७ जिल्ला पुगेर चित्रकला सिजर्ना गरि नेपाल बिश्वको उत्कृष्ट गन्तव्य बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य विश्वकला यात्री प्राज्ञ नगेन सिंहलाई राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित पनि गरिएको पनि छ !
जसको हौसला स्वरूप नेपालको ७७ वटै जिल्लाको ठाउँहरूको चित्रकला सिर्जना गरीएको कलाकृतिहरू विश्वको सबै भाषामा रंगीन पुस्तक “नेपाल कला यात्रा“ प्रकाशन गर्न लागि परेको बताउनुहुन्छ कलाकार सिंह ।हरेक देशको विश्वबिधालय र पुस्ताकलयमा सोहि देशको मातृ भाषामा कम्तीमा ५०० प्रति निशूल्क वितरण गर्ने जसले गर्दा स्वो अध्ययन गरेर नेपाल घुम्न आउनेहरुले नेपाल विकाश भै नेपालीहरु धनि हुने बताउनुहुन्छ नगेन ।हालसम्म रु.१००/ रूपया एवं सो भन्दा बढी योगदान गरेर ३२१ जना सहभागी भैसक्नु भएको छ ।
जसमा राजनेता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधवकुमार नेपाल, पूर्व मन्त्री गगन थापा, पूर्व मुख्यमन्त्री खगराज अधिकारी, संघीय . सांसद, प्रदेश साम्सद, पत्रकार, शिक्षाविद, धर्मगुरु, साहित्यकार, पत्रकार, व्यवसायी देखि गायक गायीका ज्योति मगर, शान्ति श्री परियार, प्रकाश दुतराज, टिका प्रसाई , रितु कडेल सम्म सहभागि भैसक्नु भएको विश्वकला यात्री प्राज्ञ कलाकार सिंहले बताउनुभयो ।
यसरी आर्शिबाद स्वरूप रु.१००/ योगदान गरेर अभियानमा सहभागीहरु सबैको नाम पुस्तकमा प्रकाशित गरिने जानकारी अभियन्ता नविन श्रेष्ठले बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष) २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी,नाफा(पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार) २०५९ प्रथम पुरस्कार अरनिको कला कार्यशाला प्रतियोगिता, २०५९ सान्तोना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिस्ट संघ,केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दजनौ सम्मान पाएका कलाकार नगेन सिंह ठकुरीले कला विषयमा स्नातकोत्तर गरेका छन् । १२ औँ पटक एकल कला प्रदर्शनी गरि सकेका छन् ।
बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा“ पुस्तक प्रकाशनको लागि “विश्वको उत्कृष्ट गन्तव्य नेपाल कला प्रदर्शनी“
१९ औं लेखनाथ महोत्सव र १२ औं पोखरा महोत्सवमा पनि गरिरको थियो ।बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानमा सहभागी हुनको लागि आर्शिबाद स्वरूप रु.१००/ योगदान गरी सहभागी हुनको लागि नगेन आर्ट एकेडेमी, न्यूरोड, पोखरामा कार्यालय नै स्थापना गरिएको छ ।
प्रकाशित मिति २०८० माघ ११ गते बिहिबार ०४:०१