काठमाडौं । सम्बन्धविच्छेद गर्नका लागि दुनियाँमा धेरै कारण हुन्छन् । तर एक जना महिला आफ्ना श्रीमानको शारीरिकसम्पर्कको लतबाट विचलित भएर अलग हुन खोजिरहेको खबर बाहिर आएको छ ।
आफ्ना श्रीमानको उक्त हर्कतबाट हैरान भएकी एक महिलालाई अहिले मृत्युको डरले सताइरहेको छ । श्रीमानको अत्याधिक शारीरिकसम्पर्क लतबाट डराएकी महिलाले अहिले न्यायाधीशसँग सम्बन्ध विच्छेदका लागि अदालतमा बिन्ती गर्दै छिन् ।महिलाले न्यायाधीशसमक्ष बिन्ती गर्दै भनेकी छिन्, ‘यदि मैले सम्बन्धविच्छेद नगरेको खण्डमा श्रीमानले शारीरिकसम्पर्क राखेरै मलाई मार्नेछन् ।’
सबैभन्दा अचम्मको कुरा के छ भने महिलाको विवाह भएको १४ वर्ष भइसकेको छ । उनीहरुका तीन सन्तान छन् । तर विवाह भएको यति वर्ष बितिसक्दा पनि श्रीमानको शारीरिकसम्पर्क लत घट्नुको सट्टा बढ्दै गएको महिलाले बताएकी छन् ।
उनी श्रीमानको उक्त व्यवहारबाट थकित छिन् । महिलाले अदालतमा दायर गरेको निवेदनमा श्रीमानको अत्यधिक शारीरिकसम्पर्क नै उनको मृत्युको कारण बन्ने उल्लेख गरिएको छ । यो समस्या नेपालमा भने देखिएको होईन् । अफ्रिकी देश नाइजेरियामा एक महिलाले यस्तो गुनासो गरेकी हुन् ।
अखबार ‘प्रिमियम टाइम्स नाइजेरिया’का अनुसार उक्त महिलाको नाम ओलामिदी लावल हो । उनले आफ्नो पतिसँग सम्बन्धविच्छेदको लागि त्यहाँको अदालतमा निवेदन दिएकी छिन् ।
महिलाका श्रीमानको नाम शहिद लवल रहेको समाचारमा उल्लेख छ । जानकारी अनुसार उनको मादक पर्दाथ सेवन गर्ने बानी छ । अखबारका अनुसार ओलामिदी महिला नाइजेरियाको इबादान क्षेत्रकी बासिन्दा हुन्, उनले आफ्नो पतिमाथि धेरै गम्भीर आरोप लगाएकी छिन् ।
अदालतमा परेको निवेदनमा महिलाले श्रीमान् ‘राक्षस’ भएको आरोप लगाएकी छन् । महिलाले आफ्नो निवेदनमा श्रीमानमा धेरै मादक पदार्थ पिउने मात्रै नभएर मानवता नामको कुनै चिज पनि नरहेको लेखेकी छिन् । उनका श्रीमान् साहिदले दिनको अधिकांश समय मादक पर्दाथ पिएर शारीरिकसम्पर्कमा बिताउने गरेका थिए ।
शारीरिकसम्पर्क गर्न श्रीमतीले अस्वीकार गरेमा उनले नराम्ररी कुटपिट गर्ने गरेको पनि उजुरीमा उल्लेख छ । महिलाले आरोप लगाएकी छन् कि शाहिदले बच्चाहरूलाई एक पल पनि समय दिने गरेका छैनन् । उनी सधैं शारीरिकसम्पर्क गर्न चाहन्छन् । त्यसैले ती महिलाले कुनै पनि हालतमा श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहेकी छिन् । निवेदनमा उनले एक पल पनि श्रीमानसँग बस्न नचाहेको स्पष्ट पारेकी छिन् ।
श्रीमानको अनुहार देखेर मात्रै डराउने भएकाले अदालतसँग तत्काल श्रीमानलाई फ्ल्याटमा आउन नदिन माग गरेकी छिन् । महिलाले अदालतमा दिएको निवेदनमा श्रीमान आफूकहाँ आउन नहुने माग गरिएको छ।
उनका पति शारीरिकसम्पर्क बाहेक अरु काम नगर्ने भएकाले घर चलाउन समस्या भइरहेको पनि उनले बताइन् । तर, उनका श्रीमानले श्रीमतीसँग अलग भएर बस्न नचाहेको भन्दै अर्को निवेदन दिएका छन् । अदालतमा दिइएको निवेदनमा उनले मदिरा सेवन गर्न छाडेको दाबी गरेका छन् ।
अदालतमा सुनुवाइका क्रममा महिलाका पति साहिदले आफूलाई श्रीमतीबाट अलग राख्न नहुने बताएका हुन् । आरोपित श्रीमानले आफ्नी श्रीमती ओलामिडेसँग बस्न चाहेको बताएका छन् ।
आफ्नी श्रीमतीसँग बस्नका लागि अदालतले श्रीमतीलाई सम्झाएर वातावरण निर्माण गर्नुपर्ने उनको बुझाई रहेको छ । आरोपित पति साहिदले अदालतमा आफूले मादक पदार्थ पिउन छोडेको दाबी गरेका छन् । यससँगै आरोपी श्रीमानले शारीरिकसम्पर्कका लागि श्रीमतीलाई दुःख दिएको आफ्नो कार्यप्रति दुःख व्यक्त समेत गरेका छन् ।
आरोपित पति साहिदले अदालतमा आफ्नो कार्यप्रति पश्चाताप गरेका हुन् । आरोपी शाहिदले अदालतमा आफूले गरेको कामबाट पछुताएको र मादक पदार्थ पिउन छोडेको बताए । शाहिदले अदालतलाई आफ्ना छोराछोरीलाई खुवाउन आफ्नी श्रीमतीलाई पैसा दिन तयार भएको जवाफ फर्काए ।
अभियुक्त शाहिदले अदालतमा आफू पेशाले फेसन डिजाइनर भएको उल्लेख छन् । यसैबीच अदालतले श्रीमान्–श्रीमती दुवैको बहस सुनेर १ मार्चसम्म फैसला स्थगित गरेको छ ।
दम्पतीलाई शान्तिपूर्वक सँगै बस्न भनिएको छ । योसँगै ओलामाइडको यो टनाले विश्वभर निकै चर्चा पाइरहेको छ । रोचक कुरा के हो भने यो यस प्रकृतिको नयाँ घटना होईन । यसअघि पनि यस्ता प्रकारका घटनाहरू बाहिर आइसकेका छन् ।
प्रकाशित मिति २०८० माघ ११ गते बिहिबार ०८:३०