देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ मा लगनगाँठो कस्दै

देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ मा लगनगाँठो कस्दै

सञ्चार बाणी

@SancharBani

२०८० माघ ३ गते बुधबार ०७:३१

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् । धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक...

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् । धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत जेठको पहिलो साता यी दुईबीच पारिवारिक उपस्थितीमा इन्गेजमेन्ट भएको थियो ।

अहिले विवाहको तयारी तीव्ररुपमा चलिरहेको जनाइएको छ । २८ वर्षिय जयवीर देउवा र आरजुका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।

यी दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा छन् । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युव च्यालनमा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् । इन्स्टाग्राममा उनका आकर्षक फोटो देख्न सकिन्छ ।

साथै, शिवानाले प्रिटिप्लिज नामक अनलाइन प्लाटफर्ममार्फत सौन्दर्य प्रशाधनको व्यवसाय गर्दै आएकी छन् ।

यो पनि पढ्नुहोस
देउवापुत्र जयवीर र कभर सिंगर शिवानाबीच औंठी साटासाट

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मूडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा उछालिएको हो ।

कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् । निकट स्रोतका अनुसार केही साथीहरु र परिवारका थोरै सदस्य मात्रै बसेर औंठी साटासाट भएको हो । इन्गेजमेन्टकै छनक मिल्ने तस्वीर सेयर भए पनि औपचारिक समारोह भयो कि भएन भन्ने केही खुलेको छैन ।

तस्वीरमा शिवानाको हातमा औंठी लगाएको देख्न सकिन्छ । डिनर भोजमा सबै जना उपस्थित भएर ‘क्याजुअल सेलिब्रेसन’ गरेको देखिएको छ । शिवानाको इन्स्टाग्राम टाइमलाइन हेर्दा यी दुईजना लामो समयदेखि ‘रिलेसनसिप’मा रहेको बुझ्न सकिन्छ भने शिवानाको परिवारसँग जयवीरको घनिष्टता पनि देखिन्छ । शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ ।

जयवीर र शिवानाले विदेश यात्राका क्रममा सेयर गरेका रोमान्टिक तस्वीरहरु पनि इन्स्टाग्राममा भेटिएका छन् । देउवा परिवार स्रोतका अनुसार केही दिनमा पारिवारिक इन्गेजमेन्ट गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति २०८० माघ ३ गते बुधबार ०७:३१
प्रतिक्रिया दिनुहोस