नीतिले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गरिन्

नीतिले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गरिन्

सञ्चार बाणी

@SancharBani

२०८० पुस २९ गते आईतबार ०९:२९

काठमाडौँ । मोडल नीति शाहले फिल्म अभिनयमा डेब्यु गरेकी छन् । फिल्म ‘खजुरे ब्रो’बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मको छायांकन शुक्रबारदेखि सुरु भएको हो । केही अगाडिसम्म नीतिलाई फिल्म डेब्यु गर्न सकस भन्ने विषयका थुप्रै...

काठमाडौँ । मोडल नीति शाहले फिल्म अभिनयमा डेब्यु गरेकी छन् । फिल्म ‘खजुरे ब्रो’बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् । फिल्मको छायांकन शुक्रबारदेखि सुरु भएको हो ।

केही अगाडिसम्म नीतिलाई फिल्म डेब्यु गर्न सकस भन्ने विषयका थुप्रै समाचार मिडियामा छाएका थिए । ४ फिल्म ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’मा जोडिदा पनि उनले डेब्यु गर्न सकेकी थिइन् । चार फिल्म सम्झौता गर्दा पनि कुनै बन्न सकेन ।

पाँचौ फिल्म ‘खजुरे ब्रो’ले भने उनलाई अभिनयमा डेब्यु गराएको छ । दुई हप्ताअघि मात्र उनी यो फिल्ममा अनुबन्ध भएकी हुन् । फिल्मको शुभमुर्हुत भने भोलि सोमबार राखिएको छ ।

फिल्ममा नीतिको जोडी अभिनेता रेअर राई हुनेछन् । रंगमञ्च पृष्ठभूमिका रेअरले दर्जनौँ नाटकसँगै ‘गोर्खा वारियर’, ‘यात्रा’, ‘ए मेरो हजुर ३’ लगायतका फिल्ममा अभिनय गरेका छन् । ‘खजुरे ब्रो’ कमेडी कथावस्तुमा निर्माण हुने लागेको हो ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा महेश त्रिपाठी, नविन मानन्धरको पनि अभिनय रहनेछ । निर्देशक सुनुवार र नविन मानन्धरको संयुक्त निर्माण रहने फिल्मको काठमाडौं र धरानसँगै इटहरी र भारतस्थित दार्जलिङमा छायांकन गरिने जनाइएको छ । फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ ।

प्रकाशित मिति २०८० पुस २९ गते आईतबार ०९:२९
प्रतिक्रिया दिनुहोस