गुल्मीमा जिप दुर्घटना, १ जनाको मृत्यु, ७ जना घाइते

गुल्मीमा जिप दुर्घटना, १ जनाको मृत्यु, ७ जना घाइते

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ५ गते बुधबार ०२:०७

गुल्मी । गुल्मीको परालमीमा जिप दु’र्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १...

गुल्मी । गुल्मीको परालमीमा जिप दु’र्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको वडाअध्यक्ष शेरबहादुर पहराईले जानकारी दिए । दुर्घटनामा घाइते भएका ७ जनालाई जिल्ला अस्पताल तम्घास पठाइएको वडाअध्यक्ष पहराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले दुर्घटनाको पुष्टि गरेका छन् । उनले जिप दुर्घटना भएको तर प्रहरी टोली त्यहाँ पुगिनसकेकोले मृत्यु पुष्टि गर्न अहिले नै नसकिने जानकारी दिए । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०७७ फाल्गुण ५ गते बुधबार ०२:०७
प्रतिक्रिया दिनुहोस