शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने

शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने

सञ्चार बाणी

@SancharBani

२०७७ माघ ३० गते शुक्रबार ०८:५५

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्ने भएका छन्। चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने उनीहरूको भनाइ छ। उनीहरूले आज ललितपुर...

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्ने भएका छन्।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने उनीहरूको भनाइ छ।

उनीहरूले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका छन्।

शुक्रबार दिउँसो १:३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।

प्रकाशित मिति २०७७ माघ ३० गते शुक्रबार ०८:५५
प्रतिक्रिया दिनुहोस