धन कमाउन चाहनुहुन्छ ? अपनाउनुहोस् बिल गेट्सका यी टिप्स् !

धन कमाउन चाहनुहुन्छ ? अपनाउनुहोस् बिल गेट्सका यी टिप्स् !

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २९ गते शुक्रबार ०२:२२

संसारमा यस्ता कोहि मानिस छैन जो पैसा कमाउन नचाहने होस्। मानिसलाई जति कमाए पनि पुगेको कुरा अहिलेसम्म कतै पाउन सकिदैन । धेरैले सोच्ने गर्दछन कि धनी कसरी बन्ने ? तर यो कुराको जवाज त केवल धनी मानिस नै बताउन सक्छन्। मानिसको ब्यवहार अनुसार...

संसारमा यस्ता कोहि मानिस छैन जो पैसा कमाउन नचाहने होस्। मानिसलाई जति कमाए पनि पुगेको कुरा अहिलेसम्म कतै पाउन सकिदैन । धेरैले सोच्ने गर्दछन कि धनी कसरी बन्ने ? तर यो कुराको जवाज त केवल धनी मानिस नै बताउन सक्छन्। मानिसको ब्यवहार अनुसार नै धन लाभ वा नास हुने कुराको निर्धारण हुने गर्दछ। विश्वका धनी व्यक्तिमध्ये बिल गेट्स पनि एक हुन् । बिल गेट्सले जो कोहिले पनि आफ्नो जीवनमा अगाडि बढ्न कठिनाइहरु पार नगरी सफलताको प्रत्याभूति हुन नसक्ने बताएका छन् । उनले पैसा कसरि कमाउने भन्ने बारे दिएका टिप्स यस्ता छन्।


बिल गेट्सका टिप्सहरु

देखाउनबाट बच्नुहोस : आफुले भविष्यमा के बन्न खोजेको हो त्यो देखाउन जरुरि छैन। आफ्नो सपना त्यतिबेलासम्म सुरक्षित राख्नुस् जबसम्म त्यो साँचो हुँदैन वा पुरा हुँदैन । आफ्नो लक्ष्य हासिल गरेपछि मात्र अरुलाई त्यो लक्ष्यको बाटो बताउनुपर्छ । जसले गर्दा भविष्यमा अरुले तपाइँको प्रशंसा गरुन्।

खोज र अनुसन्धानमा लगानी गर्नुहोस् : बिल गेट्सले भविष्यका लगानीकर्ताहरुलाई खोज र अनुसन्धानमा लगानी अनुरोध गरेका छन् । भविष्यमा नयाँ एनर्जी सिस्टम बनाउनमा लगानी गर्न आवश्यक छ। साइन्स र टेक्नोलोजीमा जति सिक्न सकिन्छ त्यति नै पैसा कमाउने मौका आउनेछ। यस क्षेत्रमा लगानी गर्दा अत्यधिक फाइदा पाउन सकिन्छ ।

पढ्दैमा करोडपति बनिँदैन : बिल गेट्सले कसैले पनि कलेजको पढाइ सकेर काम गर्ने बित्तिकै करोडपति बन्न नसक्ने बताएका छन् । उनले एकैदिनमा उचाइमा पुग्न नसक्ने भन्दै विस्तारै अगाडि बढ्नु पर्ने बताएका छन् । जीवनमा सफलता पाउनका लागि धैर्यताका साथ काम गर्दै अगाडि बढ्न आवश्यक भएको बताएका छन । उनले गल्तीमा कसैले गाली गर्छन् भने धैर्यताका साथ सोच्न र गालीले नै असल मानिस बनाउन सक्ने बताएका छन् । गल्ती सच्चाउँदै त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

लक्ष्य नछोड्नुहोस् : बिल गेट्सले आफ्नो जीवनमा जे गर्ने लक्ष्य छ यदि त्यो पुरा हुन सकेन भने पनि आफ्नो लक्ष्यबाट पछि हट्न नहुने बताएका छन् । उनले रिस र फ्रस्टेसनलाई नियन्त्रण गरि जीवनलाई सही दिशामा अगाडी बढाउँन आबस्यक रहेको बताएका छन् । जीवनमा चाहे जति नै समस्या आओस् तर आफ्नो लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नुस् उनले भनेका छन् ।

समस्या समाधान गर्न सिक्नुहोस : बिल गेट्सले समझदार हुनलाई कुनै एउटा मात्र सही तरिका नहुने भन्दै फरक-फरक क्षमताले मानिसलाई एउटा ठाउँमा ल्याएर सफलता प्राप्त हुन सक्ने बताएका छन् । आईक्यू लेभल राम्रो हुँदैमा उसले सबै काम गर्न सक्दैन । आईक्यू लेभलले मानिसलाई इन्टेलिजेन्ट बनाउँदैन बरु फरक-फरक किसिमको सिप र क्षमताले नै इन्टेलिजेन्ट बनाउँछ। उनले प्राय स्मार्ट र सिम्पल आइडियाले नै सबै समस्या समाधान गर्न सकिने बताएका छन्।
– एजेन्सी

प्रकाशित मिति २०८० मङ्सिर २९ गते शुक्रबार ०२:२२
प्रतिक्रिया दिनुहोस
  • आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

    आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड
    २०८१ असोज १० गते बिहिबार ०४:५९

    सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च
    २०८१ असार २४ गते आईतबार ०५:०२