काठमाण्डौं । चलचित्र जगतमा लामो समय अभिनय गरेर योगदान दिएकी नायीका करिश्मा मान महानायीका घोषित भएकी छन् । शनिबार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी महानायीका घोषित भएकी छन् ।
महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउण्ड तथा माला पहिर्याएर उनलाई महानायीका घोषित गरेका हुन् । महानायीका घोषित भएपछि कलाको सम्मान गर्दै आफूलाई महानायीका घोषित भएकोमा नायिका करिश्माले खुशी व्यक्त गरेकी छन् ।

साथै उनले आयोजक टिमलाई पनि धन्यबाद दिएकी छन् । कार्यक्रममा महानायक राजेश हमाल, सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङ,वष्ठि चिकित्सक भोला रिजाल,चलचित्र निर्देशक तथा
निर्माता नीर शाह,उज्यालो अभियन्ता कुलमान घिसिङ लगायतका व्यक्तिहरु उपस्थित भएका थिए ।





प्रकाशित मिति २०७७ माघ २५ गते आईतबार ०२:४४