मुक्तक मञ्च पोखराको १५२ औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न

मुक्तक मञ्च पोखराको १५२ औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न

सञ्चार बाणी

@SancharBani

२०७७ माघ २४ गते शनिवार ०१:५४

नेपाली मुक्तकहरूको संग्रह 'मुक्तक यात्रा-२' अबको केहि महिनामा प्रकाशन गर्ने तयारीमा लागि आफ्ना उत्कृष्ट ३ थान मुक्तक muktakmunch.pokhara76@gmail.com
muktakyatra2@gmail.com प्रेषित गर्न अनुरोध गरीएको छ।

मुक्तक मञ्च पोखराको १५२ औँ मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मूल उद्घोषका साथ मुक्तकको क्षेत्रमा क्रियाशील संस्था मञ्चको कार्यक्रम पोखराको हिमालयन रिडर्स कर्नरमा न्यूरोडमामा भएको थियो ।

प्राकृतिक सौन्दर्यका अलावा कला र साहित्यमा पनि धनी पोखरामा मुक्तक मञ्चले हरेक महिनाको अन्तिम शनिवार नियमित रूपमा मुक्तक वाचन श्रृंखला आयोजना गर्दै आएको छ । पोखराको साहित्य जगतमा थुप्रै मुक्तककारहरु जन्मिसकेका छन् । यस संस्थाले नयाँ प्रतिभाहरुलाई मुक्तक लेखन सँगै वाचनमा प्रोत्सान र लेखनमा उत्कृष्टताका निम्ति कार्यशाला पनि गर्दै आइरहको छ ।

कार्यक्रममा विश्वराज रसाईली, राजेन्द्र बि क, सुजन राना, राजन चालिसे, श्रीनिवास निरौला, अरविन चापागाईं, गौरव ढुङ्गाना, विना वराल, मनिषा पौडेल, हिरबा अधिकारी, अनिता दाहाल, गीता तिवारी, भेषराज पौडेल, विष्णु सुवेदी, सम्झना तिवारी, विष्णु अल्पविराम, लक्ष्मण थापा, दीपक समिप लगायत अन्य दुई दर्जन भन्दा बढीले मुक्तक वाचन गरेका थिए ।

समकालीन नेपाली मुक्तकहरूको संग्रह ‘मुक्तक यात्रा-२’ अबको केहि महिनामा प्रकाशन गर्ने तयारीमा छौँ । उक्त मुक्तक सञ्चयनका लागि आफ्ना उत्कृष्ट ३ थान मुक्तक muktakmunch.pokhara76@gmail.com
muktakyatra2@gmail.com प्रेषित गर्न संस्थाका अध्यक्ष रामजी प्रसाद आचार्यले जानकारी दिएको उक्त कार्यक्रम सल्लाहकार अल्पविराम, लक्ष्मण थापा र दीपक समिपको आतिथ्यतामा अगाडी बढेको थियो । प्राय युवापुस्ताको उपस्थिति रहेको कार्यक्रममा देशभक्ति र प्रेमिल मुक्तकहरु सुनिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्रीराम अधिकारी गोर्जेले गरेका थिए । मुक्तक मञ्चलाई महत्वपूर्ण सहयोग गरेका स्व. घनवहादुर गायकलाई समवेदना प्रकट गर्दै एक मिनेट महोनधारण गरेर कार्यक्रम समापन भएको थियो ।

प्रकाशित मिति २०७७ माघ २४ गते शनिवार ०१:५४
प्रतिक्रिया दिनुहोस