पोखरा-नौ दश वर्षको उमेर हुँदा नै गित,कविता, मुक्तक, कथाहरु त्यो बाल्यकाल देखि नै लेख्न खप्पिस अहिलेको वर्तमान अवस्थामा नेपाली साहित्यिक शहर बजारभरि अलौकिक कवि देशभक्त सिंह कुँवरको चर्चा परिचर्चा दिनहुँदिन चुलिंदै गईरहेको छ।

साहित्य क्षेत्रमा चासो राख्ने जो कसैले पनि अलौकिक कवि देशभक्तलाई चिन्नुपर्ने हो भन्ने कुरा सबैको चासो रहेको छ । उनको चमत्कारी साहित्यिक लेखनले साहित्यको ईतिहासमा एउटा दुर्लभ क्षमतावान कविको रुपमा नाम दर्ता भईसकेको छ ।

आजभोलि नेपालका हरेक साहित्यप्रेमी सर्जकहरुले अलौकिक कवि देशभक्तलाई फरक व्यक्तिको रुपमा मुल्याङ्कन गरिरहेका छन । त्यही मुल्यांकनले नेपाली साहित्यको सागरमा देशभक्तको नाम र काम उत्कृस्ट गौरवको विषय बनिरहेको छ, र नेपाली वाङ्गमयको बगैंचामा अत्यन्तै पृथक प्रेरणाको माहोल र खुसि नेपाली साहित्यिक स्रष्टाहरुलाई मिलिरहेको छ ।

२०४७ र ४८ सालदेखि नै आजको दिनसम्म अविरल रुपमा कत्तिपनि नथाकिकन नासुकिकन कला साहित्य सङ्गीत पत्रकारिता र संचार क्षेत्रमा एकोहोरो बगिरहेका देशभक्त साहित्यको एउटा कहिल्यॆ नमेटिने अनौठो साहित्यिक सुर्यदेव हुन् । अत्यन्तै मिलनसार/ ईमान्दार असल साहित्यकार देशभक्त एकदम मेहनती,परिश्रमी,संघर्षशिल, लगनशील,प्रगतिशील र स्वाभिमानी भएकाले असाध्य महा क्षमतावान कविको रुपमा साहित्यिक संघ संस्थाहरुले सम्मान गर्दै आईरहेका छन ।

नेपाली वांङ्गमय फाँटमा उब्जाएको साहित्यका मिठामिठा सपनाहरु अहिले अमर कृतित्व बनेर साहित्यलोकमा रङ्गीचंगी फूलहरु जस्तै फुलिरहेका छन् । आफ्नै मौलिक स्वाभाव र भिन्न विचारधारा भएका सृजनाका महाधनी कवि तथा साहित्यकार देशभक्तलाई यो नेपाल रास्ट्रको फरक खालको बलवान साहित्यको रुपमा सबैले मान्दै आएका छन ।

आँफुलाई भन्दा बढी देशलाई माया गर्ने कवि देशभक्तले सानालाई माया ममता र ठुला अग्रजहरुलाई सम्मान, आदर,सत्कार साथै आफु सरहकालाई प्रेरणा, हौसला, सहयोग र प्रेम गर्ने आदत भएको व्यक्ति हुन् । त्यसकारण नेपाल रास्ट्रले खुबिवान दुर्लभ कविको रुपमा अब देशभक्त लाई जन्माई सकेको छ ।
प्रकाशित मिति २०७८ चैत १७ गते बिहिबार ०७:५२