यी हुन् विश्वमै सबैभन्दा लामो कपाल भएकी युवती

यी हुन् विश्वमै सबैभन्दा लामो कपाल भएकी युवती

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २६ गते शुक्रबार १२:४७

१८ वर्षकी किशोरी नीलांशी पटेलले आफ्नो पुरानो रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नयाँ रेकर्ड दर्ता गराएकी छिन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसको आधिकारिक वेबसाइटका अनुसार भारतको गुजरातकी १८ वर्षकी किशोरी नीलांशीको कपालको...

१८ वर्षकी किशोरी नीलांशी पटेलले आफ्नो पुरानो रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नयाँ रेकर्ड दर्ता गराएकी छिन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसको आधिकारिक वेबसाइटका अनुसार भारतको गुजरातकी १८ वर्षकी किशोरी नीलांशीको कपालको लम्बाइ २ मिटर पूरा भएको छ र उनले तेस्रो पटक सबैभन्दा लामो कपालको रेकर्ड तोडेकी छिन् ।

पछिल्लो पटक उनको कपालको लम्बाइ २ मिटर अर्थात ६ फिट ६ इन्च रेकर्ड गरिएको छ ।नीलांशीले ६ वर्षको उमेरदेखि कपाल बढाइरहेकी छिन् । एक सैलुनमा भएको दुर्व्यवहारपछि उनले आफ्नो कपाल नका’ट्ने निर्णय गरेकी थिइन् । गिनिज रेकर्डससँगको कुराकानीको क्रममा नीलांशीले आफूले १२ वर्षअघि कपाल का’ट्दा आफ्नो कपाल बिग्रिएकोले आफूले फेरि कपाल नकाट्ने निर्णय गरेको बताएकी छिन् ।

नीलांशीका अनुसार उनको कपालको हेरचाह गर्न उनकी आमाले सघाउँछिन् । नीलांशीले अहिले आफ्नै पुरानो रेकर्ड तोडेकी हुन् । यसअघि २०१८ मा उनले यो रेकर्ड बनाएकी थिइन् । त्यतिबेला उनको कपालको लम्बाइ ५ फिट ७ इन्च थियो । त्यतिबेलादेखि अहिलेसम्म उनको कपाल ११ इन्च बढेको पाइएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार १२:४७
प्रतिक्रिया दिनुहोस