तुकको प्रयोग बिषयक ‘मुक्तक कार्यशाला’ सम्पन्न

तुकको प्रयोग बिषयक ‘मुक्तक कार्यशाला’ सम्पन्न

सञ्चार बाणी

@SancharBani

२०७७ माघ १७ गते शनिवार ०२:४५

मुक्तक लेखन र वाचनलाई थप सशक्त बनाउने उद्धेश्यका साथ मुक्तक मञ्च, पोखराले द्वितिय सिजन अन्तरगत दोस्रो शृङ्खलाको रूपमा कार्यशाला सम्पन्न गरेको हो ।

मुक्तकको क्षेत्रमा बिगत डेढ दशक देखि क्रियाशील सस्था मुक्तक मञ्च, पोखराले मुक्तक लेखन, वाचन एवं तुकको प्रयोग बिषयक ‘मुक्तक कार्यशाला’ कार्यक्रम सम्पन्न गरेको छ ।

मुक्तक लेखन र वाचनलाई थप सशक्त बनाउने उद्धेश्यका साथ मुक्तक मञ्च, पोखराले द्वितिय सिजन अन्तरगत दोस्रो शृङ्खलाको रूपमा कार्यशाला सम्पन्न गरेको हो ।

मुक्तक कार्यशाला अभियानका सचिव सुमन लेलिन र मञ्चका सचिव श्रीराम अधिकारी गोर्जेको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मुक्तक मञ्चका कार्यसमिति सहित दुई दर्जन भन्दा बढी मुक्तककार सहभागी भएका थिए । सो कार्यशालामा संरचनापक्ष, भावपक्ष, अलङ्कार विधालगायतका मुक्तकीय सङ्गठनका विषयमा विविध छलफल गरिएको थियो ।

सहभागी मुक्तककारहरूका मुक्तकका विषयमा मुक्तककार पोखरेली अल्पविराम र प्रञ्जलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस क्रममा मुक्तककारका एक एक मुक्तकमाथि तिनमा प्रयुक्त शब्द, भाषिक विन्यास र भावपक्षमा गहनतापूर्वक छलफल भएको सचिव श्रीराम अधिकारी ‘गोर्जे’ ले जानकारी दिए ।

मुक्तक लेखनका क्रममा देखिएका विविध समस्या र तिनका समाधानका विषयमा छलफल गर्ने गरी कार्यशाला सञ्चालन गरिएको मुक्तक मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यलेले जानकारी दिए । कार्यशाला सम्पन्न भएपछि सहभागी मुक्तककारहरूले मुक्तकका बारेमा आफूमा रहेका कतिपय अन्योलतालाई चिरेर स्पष्ट धारणा बनाउन सहयोग पुगेको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यशालामा मनिषा पौडेल, नविन भण्डारी, सुमन लेलिन, राजेन्द्र बि क, सुरेन्द्र बि क, मधुसुदन, कृष्ण पौडेल, मनिषा पौडेल, गौरव ढुङ्गाना, भेषराज पौडेल, गोर्जे, विष्णु सुवेदी, हिरा अधिकारी, प्रञ्जल, अल्पविराम लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति २०७७ माघ १७ गते शनिवार ०२:४५
प्रतिक्रिया दिनुहोस