काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर...
काठमाडौ । सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् । केही समय अघि उनले काठमाडौको माइतीघर मण्डलामा पेटिकोट मात्र लगाएर गरेको आन्दोलन चर्चामा थियो । त्यस्तै उनले कपाल मुण्डन गरेको अभियान पनि चर्चामा रह्यो । कतिपयले ति अभियानलाई सकारात्मक रुपमा लिए भने कतिले त्यसलाई विवादित बनाए ।
खासगरी जय नारीका रुपमा परिचित सावित्रीले आफ्ना केही अंतरंग कुराकानी पनि गरेकी छन् । धेरैजसो पाइन्ट सर्ट लगाएको देखिने सावित्री नयाँ वर्षमा साडी लगाएर देखा परिन् । उनले आफ्नो पहिरनलाई लिएर कसैले छक्का कसैले केटा हो की भनेर गर्ने गरेको टिप्पणी प्रति पनि प्रतिकृया दिएकी छन् । उनले आफु पनि एक स्वस्थ्य र पुर्ण महिला भएको बताएकी छन् । उनले आफुलाई अरुले गलत नजर नहेरुन र त्यस्तो कुनै अवस्था आयो भने प्र ति कार गर्न सकियोस् भनेर सजिलो लुगा लगाउने गरेको बताएकी छन् ।
आफ्नो वाहिरी पहिरन जे भएपनि आफुमा एउटा महिला मन भएको उनको भनाई छ । म सुन्दर पुरुष प्रति आकर्षिक हुन्छु, मेरो पनि पार्टनर छ । मानिसको नीजि र सामाजिक जिवन हुन्छ । म सामाजिक जिवनमा महिला अधिकारका कुरा गर्छु भने नीजि जिवनमा मेरो पार्टनरसंग रमाउँछु । मेरो नीजि जिवन सार्वजनिक गर्न जरुरी छैन, उनको भनाई छ, आफ्नो पनि पार्टनर भएको र उनीसंग खुसी हुनेगरेको पनि बताएकी छन् ।
उनले आफुलाई छक्का र हिजडा भन्दा दुख नलाग्ने पनि बताइन् । उनले भनिन् मलाई पनि राम्रो पुरुषले हेरोस् भन्ने लाग्छ, मेरो पनि मन छ । मलाई पुरुष मन पर्छ । मेरो व्वायफ्रेण्ड छैन भने म स्वास्थ्य महिला हुँदिन, पुरुष देख्दा इमोशन जागेन भने म महिला नै होइन ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807