“एनी हाउ, देखाऊ” मुडमा चलचित्र खेल्न भारत छिरेकी अभिनेत्री सुरबिना कार्की [ 10 तस्बिर ]

“एनी हाउ, देखाऊ” मुडमा चलचित्र खेल्न भारत छिरेकी अभिनेत्री सुरबिना कार्की [ 10 तस्बिर ]

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ८ गते सोमबार ०३:०७

काठमाडौ । अहिले बजारमा सर्वाधिक चर्चामा रहेको ‘के माया लाग्छ र ?’ बोलको गीतको मोडल हुन्,अभिनेत्री सुरबिना कार्की । भारत, मुम्बईमा संघर्षरत उनले दर्जनजति नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘झेली’ मार्फत फिल्ममा प्रवेश गरेकी उनले...

काठमाडौ । अहिले बजारमा सर्वाधिक चर्चामा रहेको ‘के माया लाग्छ र ?’ बोलको गीतको मोडल हुन्,अभिनेत्री सुरबिना कार्की । भारत, मुम्बईमा संघर्षरत उनले दर्जनजति नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।

‘झेली’ मार्फत फिल्ममा प्रवेश गरेकी उनले ‘सुश्री’, ‘लुकामारी’, ‘नाइके’ आदि फिल्ममा अभिनय गरेकी छिन् । बलिउड अभिनेता अनुपम खेरको अभिनय प्रशिक्षण केन्द्रमा अभिनयको कोर्स गरेकी सुरबिनाले त्यहाँ केही कभर सङमा अभिनय गरेकी छिन् ।

आधा दर्जन जति नेपाली फिल्ममा काम गरिसकेकी अभिनेत्री सुरबिना कार्की दुई वर्षयता मुम्बईमा संघर्षरत छिन्। सानो–ठूलो जस्तोसुकै रोल होस् तर बलिउडमा छिरेरै छाड्छु भन्ने अठोट लिएर स्टुडियो धाइरहेकी छन्।

अभिनयमा आफूलाई तिखार्न भारतीय अभिनेता अनुपम खेरको एक्टिङ स्टुडियोमा उनले तीन महिना अभिनय पनि सिकिसकिन्। केही हिन्दी विज्ञापनमा काम पनि गरिसकिन्। सोनी टेलिभिजनबाट प्रसारण हुने ‘दिल हि तो है’मा दुई एपिसोड चिकित्सकको भूमिकामा झुलुक्क देखिइन पनि तर अझै उनी बलिउडमा प्रवेश गर्न सकिरहेकी छैनन्।

‘बलिउड छिर्ने सपना कहिले साकार हुन्छ त्यो त भन्न सक्दिनँ तर प्रयास जारी छ,’ मुम्बईबाटै उनी सुनाउँछिन्,‘मुम्बईले मसँग कति समय लिन्छ, लियोस् तर म हार खादिनँ। प्रयास गरिरहन्छु।’ हिन्दी फिल्ममा खेल्नका लागि हिन्दी लवज राम्रो हुनैपर्छ। त्यसैले उनले हिन्दी भाषा पनि सिकिसकिन्।

एकदिन बलिउड छिर्ने सपना पुरा गरेरै छाड्ने अठोट लिएकी सुरविना यतिबेला नयाँ प्रोजेक्टमा अनबुन्धित भएको खबर प्राप्त भएको छ। तर, त्यो फिल्म हिन्दी होइन, नेपाली हो। यसअघि भनेबमोजिम युरोपमा छायांकन हुन नसकेपछि ‘लप्पन छप्पन २’ फिल्म छाडेकी सुरविनाले बलिउडमा फिल्म नपाइरहेका बेला नेपाली फिल्म ‘शुभ मंगल’मा अभिनय गर्ने पक्का गरेकी छिन्। मनोज अधिकारीले निर्देशन गर्ने यो फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ।

नेपाल र अष्ट्रेलियामा छायांकन हुने तयारीमा रहेको यो फिल्ममा उनीसँगै कुशल थापा, विकास चापागाईं लगायत कलाकारको अभिनय रहने बताइएको छ। कतै सुरविना बलिउडमा काम नपाएपछि नेपाली फिल्ममै अभिनय गरेर भएपनि चित्त बुझाउने पक्षमा पुगेकी त होइनन्? फिल्म क्षेत्रमा उनीबारे टिप्पणी सुरु भएको छ।




तस्बिरः सुरबिनाकै फेसबुकबाट

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०३:०७
प्रतिक्रिया दिनुहोस