“पाठ्यक्रममा मुक्तक समावेश अभियानले सामाजिक विकास मन्त्रालयलाई दवाबमुलक कार्यक्रम सहित ज्ञापनपत्र बुझायो”

“पाठ्यक्रममा मुक्तक समावेश अभियानले सामाजिक विकास मन्त्रालयलाई दवाबमुलक कार्यक्रम सहित ज्ञापनपत्र बुझायो”

सञ्चार बाणी

@SancharBani

२०७७ माघ ५ गते सोमबार ०१:४६

२०६५ सालमा स्थापित मञ्च, मुक्तक क्षेत्रमा क्रियाशील सस्था हो । मुक्तकको सैद्धान्तिकपक्ष र उत्कृष्ट रचनाहरुलाई बिद्यालय तह देखी विश्वबिद्यालय तहको पाठ्यक्रम समावेश गरिनु आजको आवश्यकता रहेको संयोजक रामजी प्रसाद आचार्यले बताए ।

“पाठ्यक्रममा मुक्तक समावेश अभियानले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझायो”

“पाठ्यक्रममा मुक्तक समावेश अभियानले सामाजिक विकास मन्त्रालयलाई दवाबमुलक कार्यक्रम सहित ज्ञापनपत्र बुझायो”

पोखरा । मुक्तकलाई पाठ्यक्रममा समावेश गरियोस्; भन्नै सोमबार दवाबमुलक कार्यक्रम सहित सामाजिक विकास मन्त्रालय-गण्डकी प्रदेशमा माननिय मन्त्री नरदेवी पुन मगरलाई मुक्तक मञ्च पोखराले ज्ञापनपत्र बुझाएको छ ।

मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूलउद्धोषलाई आत्मा साथ गर्दै २०६५ सालमा स्थापित मञ्च, मुक्तक क्षेत्रमा क्रियाशील सस्था हो । मुक्तकको सैद्धान्तिकपक्ष र उत्कृष्ट रचनाहरुलाई बिद्यालय तह देखी विश्वबिद्यालय तहको पाठ्यक्रम समावेश गरिनु आजको आवश्यकता रहेको संयोजक रामजी प्रसाद आचार्यले बताए ।

नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ राम्रो लोकप्रियता पाएको भएता पनि औपचारिक अध्ययन र अध्यापनमा नसमेटिएको हुदा मुक्तकको सैद्धान्तिक तथा रचनागत पक्षलाई पाठ्यक्रममा समावेश गरियोस् भन्ने हेतुले अभियानका संयोजक आचार्य सहितको एक टालीले सामाजिक विकास मन्त्रालयमा माननिय मन्त्री नरदेवी पुन मगरलाई पाठ्यक्रममा मुक्तक समावेश गर्न अनुरोध गदै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै माननिय नरदेवी पुनले मुक्तकलाइ पाठ्यक्रममा समावेश गराउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायमा काम अगाडि बढाउने वचनबद्धता गरेकिछन् ।

सिङ्गो महाकाव्यले दिने वैचारिक प्रक्षेपण केवल ४ हरफको मुक्तकले दिने भएकाले मुक्तक विधाका माध्यमबाट विद्यार्थीहरुलाई दीक्षित गराउने सुवर्ण अवसर नेपाल सरकारले दिनेमा विस्वस्त भएको मञ्चका अध्यक्ष तथा अभियानका संयोजक रामजी प्रसाद आचार्यले बताए । मुक्तक मञ्च पोखराका सल्लाहकार लक्ष्मण थापाले मुक्तक विधालाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा समावेश गर्न आवस्यक रहेको औंल्याएका थिए ।

कार्यक्रममा अध्यक्ष रामजी प्रसाद आचार्य, उपाध्यक्ष भरत पौडेल, प्रकाश अधिकारी, गीता तिवारी उप-समिति सचिव नविन भण्डारी, सल्लाहकार लक्ष्मण थापा एवं सदस्यहरु विकास गौतम, गौरव ढुङ्गाना, नवराज पौडेल, राजेन्द्र बि क, सुवास पौडेल, कृष्णा पौडेल, राम अर्याल, सम्पूर्ण पौडेल, सुरेन्द्र बि.क लगाएतको उपस्थिति थियो ।

थप जानकारीका लागि: 9856020586

प्रकाशित मिति २०७७ माघ ५ गते सोमबार ०१:४६
प्रतिक्रिया दिनुहोस