ओलीसँगको भेटपछि कलाकार जितु नेपालको चिन्ता: अब यो फोटोले कस्ता–कस्ता समाचार बन्ने हुन्!

ओलीसँगको भेटपछि कलाकार जितु नेपालको चिन्ता: अब यो फोटोले कस्ता–कस्ता समाचार बन्ने हुन्!

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ४ गते बिहिबार ०२:४८

नायिका करिश्मा मानन्धरसँगै बुधबार हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पनि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटपछि कलाकार नेपाल अब आफूहरूका बारे कस्ता–कस्ता समाचार बन्ने हुन् भनेर...

नायिका करिश्मा मानन्धरसँगै बुधबार हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पनि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटपछि कलाकार नेपाल अब आफूहरूका बारे कस्ता–कस्ता समाचार बन्ने हुन् भनेर चिन्तामा परेका छन्। र, भेटको ‘वास्तविकता’बारे स्पष्टीकरण दिएका छन्।

‘अब यो फोटोले कस्ता–कस्ता समचार बन्ने हो, टिकाटिप्पणी हुने हुन् थाहा छैन’, कलाकार नेपालले भनेका छन्, ‘तर खास कुराचाहिँ यत्ति हो कि एक वरिष्ठ नायिकाले आफ्नो पढाइलाई निरन्तरता दिई परीक्षा दिँदै गर्दाको अवस्थामा हौसला र बधाई दिनका लागि सम्माननीय पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्षज्यूले फोन गर्नुभएको थियो, जसको साक्षी स्वयमं म पनि थिएँ। त्यो कुरा करिश्मा दिदीले आफ्नो फेसबुकमा लेख्दा उक्त कुराले ठूलै चर्चा पाएको थियो।’

कलाकार नेपालले अगाडि भनेका छन्, ‘आज (बुधबार) आदरणीय माननीय कोमल वली दिदीसहित पूर्वप्रम तथा एमालेका अध्यक्षज्यूको निवास बालकोटमा भेटघाट र प्रत्यक्ष गफगाफ भयो। आफूलाई भेट्न आउने जो कोहीलाई पनि ससम्मान आदरपूर्वक खुलेर कुरा गर्ने र महत्त्व दिने पूर्वप्रम तथा नेकपा एमालेका अध्यक्ष आदरणीय केपी ओलीज्यूको व्यवहारबाट प्रभावित भएँ। नेपाली कलाकार, गीत, संगीत र श्रष्टाप्रति सधैं माया, सद्भाव, चासो र जानकारी राख्नुहुने पूर्वप्रमज्यूलाई मनैदेखि हार्दिक नमन।’

सम्वन्धित सबर
करिश्मासँगको भेटमा ओलीले के कुरा गरे?

सदाबहार नायिका करिश्मा मानन्धर र चर्चित हास्य कलाकार जितु नेपालले बुधबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। साथमा गायिका एवं एमाले सांसद कोमल वली पनि थिइन्। ​भेटमा सहभागी हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’का अनुसार यो भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा भएको हो।

उनका अनुसार ‘अत्यन्तै खुला हृदयका साथ नेपालका बारेमा अनि नेपाली राजनीतिका बारेमा विश्लेषण भयो। असाध्यै महत्त्वपूर्ण विषयहरू उहाँले प्रस्तुत गर्नुभयो।’ यस क्रममा सांसद वलीले आफ्ना अध्यक्ष ओलीको निकै प्रशंसासमेत गरेकी छन्।

‘हामीहरूको खाली दिमागमा उहाँको भनाइले अत्यन्तै राम्रो रुल गरिरहेको छ’, उनले भनेकी छन्, ‘यसरी नै अरू नेताहरू पनि खुला भइदिएको भए सायद नेपाल धेरै अगाडि बढ्थ्यो होला।’ सांसद वलीका अनुसार भेटका अवसरमा नायिका करिश्मा र हास्य कलाकार जितुले पनि ‘आफ्ना महत्त्वपूर्ण कुरा’ राखेका थिए।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०२:४८
प्रतिक्रिया दिनुहोस