म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज लोकप्रिय चर्चित अनुहारहरुको अभिनय रहेको छ ।
गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको‘ त्यही सच्चा नेपाली’ शीर्षकको गित सार्वजनिक
पोखरा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा त्यही सच्चा नेपाली बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज लोकप्रिय चर्चित अनुहारहरुको अभिनय रहेको छ ।
चलचित्र यात्राको निर्माता समेत रहेका चीजकुमार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण सम्पन्न भइसकेको छ अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् ।
निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको यो पहिलोपटक भएको बताए । चार दिन लगाएर छायांकन सम्पन्न गरिएको भिडियोहरु विभिन्न स्थानहरुका दृश्य समेटिएको छ ।आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन् ।
रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् ।भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुले अभिनय गरेका छन् ।
भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगीतिर लागेँ, निर्माता श्रेष्ठले भने, राष्ट्रियता संकटमा परेको बेला देशभक्तिपूर्ण गीतमा काम गर्न मन लाग्यो । मलाई लाग्छ- एउटा उत्कृष्ट गीत र भिडियो बनेको छ ।
देशले मलाई के दियो भनेर सोच्ने र सोध्नेहरुको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्नु र तदनुरुप काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु, उनले भने ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807