स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन

स्टेज कार्यक्रममा एलिनाको साउन्ड टेक्निसियनसँग भनाभन

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण २१ गते सोमबार ०१:५५

काठमाडौँ । यतिबेला गायिका एलिना चौहानको स्टेज प्रस्तुतिको एक भिडियो भाइरल छ । भिडियोमा एलिना र साउन्ड टेक्निसियनबीच विवाद देख्न सकिन्छ । भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो...

काठमाडौँ । यतिबेला गायिका एलिना चौहानको स्टेज प्रस्तुतिको एक भिडियो भाइरल छ । भिडियोमा एलिना र साउन्ड टेक्निसियनबीच विवाद देख्न सकिन्छ ।

भिडियोमा एलिनाले साउन्ड सिष्टम मिलाउनुस् भनेकी छन्, भने टेक्निसियनलले एलिनालाई आफ्नो भोकललाई क्लीयर गरेर हामीसँग लेबल माग्नु भनेका छन् ।

भिडियो पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको हो । जसमा प्रस्तुति दिन आइतबार साँझ एलिना पुगेकी थिइन् । जहाँ पहिले देखिनै पानी परिहरेको थियो । सुरुबाटै कार्यक्रमको साउन्ड सिस्टम खराब देखिएको थियो । पानी परेको कारण मोनिटर समेत राखिएको थिएन । जसले एलिनालाई गाउन सकस परेको थियो । त्यसका बावजुत पनि एलिनाले दर्शकलाई रिझाउन हर प्रयास गरिन् ।

उनले जति नै गीत गाएपनि दर्शकबाट वान्समोरको हुटिङ भैरहन्थ्यो । ‘साउन्ड सिस्टम मिलाउनुस्, म जति पनि गाइहाल्छु । पानी परेर पनि साउन्ड बिग्रिएको होला,’ एलिनाले भनिन् ।

एलिनाले आफ्नो कुरा राख्न नपाउदै साउन्ड टेक्निसियनले उल्टै एलिनालाई नै दोष देखाए । त्यसपछि एलिनाले बोल्ने ढंग सुधार्नु भन्दै भनिन्, ‘यहाँ उभिएर एकचोटि हेर्नु त ।’

भिडियोमा एलिना र टेक्निसियनको केही समय दोहोरो जवाफ भएको देख्न सकिन्छ । अन्तममा टेक्निसियनलाई लाज लाग्दैन भन्दै एलिनाले हपारेकी छन् ।

त्यसपछि एलिनाले आयोजकसँग कुरा गरेर प्रस्तुति बन्द गरेको बताइन्छ । भिडियोमा दर्शकले साउन्डको गल्ती भन्दै टेक्निसियनलाई गाली गरेको समेत देख्न सकिन्छ ।

प्रकाशित मिति २०८० फाल्गुण २१ गते सोमबार ०१:५५
प्रतिक्रिया दिनुहोस