महानायक वि’वादमा नम्रताको प्रश्न ‘किन हो मै ठूलो भन्ने घमण्ड’ ?

महानायक वि’वादमा नम्रताको प्रश्न ‘किन हो मै ठूलो भन्ने घमण्ड’ ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २३ गते शनिवार ०४:१६

काठमाडौं । महानायक र महानायिका वि'वादलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । फिल्म क्षेत्रका कलाकारहरु पनि यसैमा रमाइरहेका छन् । कतिले आफ्ना तर्क सामाजिक सञ्जालमा राखिरहेका छन् । फिल्म ‘डाँडाको बरपीपल’मा फिल्म निर्देशक...

काठमाडौं । महानायक र महानायिका वि’वादलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै चर्चा चलेको छ । फिल्म क्षेत्रका कलाकारहरु पनि यसैमा रमाइरहेका छन् । कतिले आफ्ना तर्क सामाजिक सञ्जालमा राखिरहेका छन् । फिल्म ‘डाँडाको बरपीपल’मा फिल्म निर्देशक शोभित बस्नेताले महानायकको प्रसंग उठाएपछि यो अहिले विवादको विषय बनेको छ । शोभित बस्नेतले एक टिभी कार्यक्रममा बिहीवार राजेश हमाललाई भेटेर उनी नै महानायक भएको बताए ।

फिल्म क्षेत्रमा नातावाद छ भन्ने नायीका नम्रता सापकोटाले महानायकको विवादमा प्रश्न उठाएकी छन् । उनी केही समय अघि विवाह नगरी बच्चा जन्माउन मन छ भनेर वि’वादमा आएकी थिइन् । उनको सो भनाई निकै चर्चित र वि’वादित बनेको थियो । अहिले उनले महानायक विवादमा पनि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमा कसैको नाम उल्लेख नगरी एक स्टाटस मार्फत उनले प्रश्न उठाएकी हुन् ।

उनले यसलाई वेमौसमी वि’वाद भनेकी छन् । कोभिडले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउनुको सट्टा महानायकको बखेडा झिकिएको उनीहरुको आरोप छ ।महानायक वि’वाद चलिरहँदा यो हल्लीखल्लीतर्फ लक्षित गर्दै अभिनेत्री नम्रता सापकोटाले एकअर्कालाई किन सम्मान नगरेको र घ’मण्ड गरेको भन्दै फिल्मकर्मीलाई प्रश्न गरेकी छिन् । पब्लिक सामु आफ्नो इज्जतको ख्याल गर्न पनि नम्रताले सुझाएकी छिन् ।

उनले नामै लिएर फेसबुकमा नाम नलेखेपनि उनको अभिव्यक्ति कोतर्फ लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । फिल्म क्षेत्रमा कसैले कसैलाई नबनाएको टिप्पणी गर्दै मनपरी बोल्न छूट समेत नभएको उल्लेख गरेकी छिन् । ‘अझै कति हामी हाँसोको पात्र बन्ने’ उनले प्रश्न गरेकी छिन् । सबैजना मिडिया पर्सनालिटी परिवार, फिल्म क्षेत्र र दर्शकको कारणले भएको नबिर्सन पनि उनले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति २०७८ असोज २३ गते शनिवार ०४:१६
प्रतिक्रिया दिनुहोस