काठमाडौँ,असोज । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच रमाइलो भेटघाट भएको छ । उनीहरुबीच अस्ति (शनिबार) रात्रीकालिन समयमा भेटघाट भएको हो ।
मनिषा कोइरालाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएका लेखेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘बलियो महिलाहरुसँग बिताएको समय मेरो लागि हिजो रातीको रमाइलो पल थियो……
‘विश्वलाई बलियो महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ । जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउन सक्छ । महिला जो नरम र उग्र दुवै क्षमता भएको हुन्छ । – एमी टेनी
https://www.facebook.com/100003600762199/posts/2330744983722171/?d=n
प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०४:२६