चोर्दा-चोर्दै पक्राउ परिन् नायीका विपना थापा (भिडियो)

चोर्दा-चोर्दै पक्राउ परिन् नायीका विपना थापा (भिडियो)

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २९ गते शनिवार ०२:५३

काठमाडौ। कुनै जमानाकी निकै चर्चीत नेपाली नायीका अहिले भारतमा छन् । उनी भारतीय नागरिकसंग विवाह गरेपछि उतै बस्न थालेकी हुन् । त्यसैले नेपाली फिल्ममा उनी धेरै वर्ष देखि देखिएकी छैनन् । तर बेलाबेलामा उनी नेपाल भने आइरहन्छिन् । उनले...

काठमाडौ। कुनै जमानाकी निकै चर्चीत नेपाली नायीका अहिले भारतमा छन् । उनी भारतीय नागरिकसंग विवाह गरेपछि उतै बस्न थालेकी हुन् । त्यसैले नेपाली फिल्ममा उनी धेरै वर्ष देखि देखिएकी छैनन् । तर बेलाबेलामा उनी नेपाल भने आइरहन्छिन् ।

उनले भारतमै रहे पनि नेपाल प्रति निकै चासो राख्छिन् । उनले युट्युव च्यानल संचालन गरेकी छन् । जसमा आफ्ना दैनिक गतिविधि सार्वजनिक गर्छिन।

उनले भारतमा आफु बसेको ठाउँ वृन्दावनमा फर्सि, लौका लगायतका तरकारी बारीमा गएर फ्रिमा ल्याउन पाइने बताएकी छन् । तर उनलाई फर्सि भन्दा फर्सिको मुन्टा निकै मन पर्छ । त्यसैले उनी फर्सिको मुन्टा चोर्ने गरेको बताउँछिन् । वारीमा फर्सिको मुन्टा टिप्न दिँदैनन यदि टिपेको देखेभने उनले बच्ने एउटा गजबको उपाय पत्ता लगाएकी छन्।

उनीसंगै जाने एक जना उनको दिदीले यो विभिन्न रोगको औषधी हुन्छ हामीलाई यस्तो रोग लागेको छ औषधीको लागि लैजान लागेको भनेर झुटो बोल्ने गरेको विपना आफैले पोल खोलेकी छन् ।

भारतीय र भारतमा बस्ने नेपालीहरुले फर्सिको मुन्टाको महत्व नबुझेको देखेर भने उनलाई कहिले काँही रिस पनि उठ्छ । फर्सि भनेर लौकाको मुन्टा टिप्न लागेकी एक जना नेपाली महिलालाई उनले त्यसो नगर्नु भन्दै सम्झाएको पनि भिडियोमा देखिन्छ।

उनी गाडी लिएर फर्सिको मुन्टा चोर्न गएको भिडियो सार्वजनिक गरेकी छन् । जसमा तरकारी वारीको मालिकले त्यो किन टिपेको त्यता नटिप भनेर उनलाई भनेको पनि भिडियोमा देख्न सकिन्छ । उनले म छेउतिर टिप्छु नी भनेर अनुमति समेत मागेकी छन्।

भिडीयो:

प्रकाशित मिति २०७८ जेठ २९ गते शनिवार ०२:५३
प्रतिक्रिया दिनुहोस