वैज्ञानिक अध्ययनको निष्कर्ष – खुइलिएको तालुमा कपाल पुनः उमार्न सकिन्छ

वैज्ञानिक अध्ययनको निष्कर्ष – खुइलिएको तालुमा कपाल पुनः उमार्न सकिन्छ

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:०८

सुन्दरता बढाउनमा कपालको प्रमुख भूमिका रहन्छ । त्यसैले गर्दा सुन्दर देखिने चाहना प्रत्येक महिला र पुरुषमा हुन्छ । आकर्षक देखिनका लागि मानिसहरू थरीथरीका केशविन्यास गर्छन् । तर उमेर बढ्दै जाँदा मानिसको कपाल घट्दै जान्छ । महिलाको...

सुन्दरता बढाउनमा कपालको प्रमुख भूमिका रहन्छ । त्यसैले गर्दा सुन्दर देखिने चाहना प्रत्येक महिला र पुरुषमा हुन्छ । आकर्षक देखिनका लागि मानिसहरू थरीथरीका केशविन्यास गर्छन् ।

तर उमेर बढ्दै जाँदा मानिसको कपाल घट्दै जान्छ । महिलाको तुलनामा पुरुषको कपाल सानै उमेरमा झर्न थाल्छ ।

वैज्ञानिकहरूले गरेको अध्ययनमा झरेको कपाल फेरि पाउन सकिने देखिएको छ ।

अनुसन्धानकर्ताहरूले चोट वा अन्य कारणले कपाल गुमाएका व्यक्तिलाई फेरि उमार्नका लागि तरिका खोजेका छन् ।

न्युयोर्क स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले कपाल झर्ने र तालुखुइले हुने समस्याको समाधान मस्तिष्कमा रहेको सोनिक हेजहग पाथवेलाई सक्रिय गरेर निकालेका छन् ।

अध्ययन प्रतिवेदनअनुसार, बच्चा आमाको गर्भमा हुँदा सोनिक हेजहग सर्वाधिक सक्रिय हुन्छ र कपालको जरानजिकको कोशिका र नसा निर्माण हुन्छ । तर उमेर बढ्दै जाँदा त्यसको निर्माण रोकिन्छ ।

यो अध्ययन मुसमामाथि गरिएको हो । मुसाको क्षतिग्रस्त छाला र फाइब्रोब्लास्ट नामक कोशिकाको जाँच गरिएको छ । यी कोशिकाबाट कोलेजन निस्कन्छ । कोलेजन एक किसिमको प्रोटीन हो जसले छाला र कपालको आकार र मजबूती कायम राख्न मद्दत गर्छ ।

अध्ययनकी मुख्य अनुसन्धानकर्ता डा मायुमी इटोले दिमागमा भएको सोनिक हेजहगलाई सक्रिय बनाएर हेरे । यसले दिमागमा भएका कोशिकाहरूको बीचमा संकेत पठाउन सहायता गर्छ ।

कोशिकाहरूले संकेत पाएपछि मुसाहरूमा चार हप्ताभित्रै कपाल फेरि उम्रिएको अध्ययनले पायो । नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित रिपोर्टअनुसार, मुसाहरूमा नौ हप्ताभित्रै कपालका जरा उम्रिन थाले ।

एजेन्सी

प्रकाशित मिति २०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:०८
प्रतिक्रिया दिनुहोस